Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

१९ केजी गाँजासहित एक युवक पक्राउ

१९ केजी गाँजासहित एक युवक पक्राउ


  • 351
    Shares

    १९ केजी गाँजासहित एक युवक पक्राउ

    काठमाडौं । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-९ निवासी राजेश दास रहेका छन्।

    नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सुखिपुरबाट सशस्त्र प्रहरी निरीक्षक यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले चेक गर्ने क्रममा मोटरसाइकलमा सवार दासलाई नियन्त्रणमा लिएको हो।

    जाँचका क्रममा उनको साथबाट १९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।

    प्रहरीका अनुसार दाससँगै तस्करीमा प्रयोग गरिएको अटो रिक्सा, सोही मोटरसाइकल बिग्रिएको भन्दै टोच्न गर्ने मोटरसाइकल, नगद २५ हजार १०५ रुपैयाँ पनि बरामद गरिएको छ। साथै, एउटा रेडमी ए फाइभ मोबाइल र करिब ११ तोला बराबरको चाँदीको ब्रासलेट समेत फेला परेको छ ।

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १३:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij