Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

सही सूचना पाउनबाटै ठगिन्छन् बैदशिक रोजगारीमा जाने कामदारहरु

सही सूचना पाउनबाटै ठगिन्छन् बैदशिक रोजगारीमा जाने कामदारहरु


  • 281
    Shares

    सही सूचना पाउनबाटै ठगिन्छन् बैदशिक रोजगारीमा जाने कामदारहरु

    काठमाडौं । बैदेशिक रोजगारमा जानको लागि मेनपावरले पूर्व स्वीकृती लिईसकेपछि राष्ट्रिय दैनिक पत्रिकामा रोजगारदाता कम्पनी, सेवा सुविधा र मेनपावरको विवरण राखि सूचना प्रकाशित गर्दै आएको छ ।

    त्यो सूचना न त रोजगारमा जान इच्छुक व्यक्तिले देख्न पाउँछ, न त देखेपनि पढ्न नै मिल्छ ! रोजगारमा जाने कामदारहरूको गुनासो कहिल्यै अन्त हुँदैन । सूचनामा लेखिएअनुसारको लागतमा बिदेश जान पाउँदैनन् । त्यहाँ लेखिएको सेवा सुबिधा भन्दा ठूलो आश्वासन दिन्छन् ।

    केही वर्षदेखि प्रत्येक मेनपावरले आफ्नो कम्पनीको वेवसाइटमा रोजगारीका लागि प्रकाशित सूचना अनिवार्य राख्नुपर्ने भनिएपनि अधिकांश मेनपावरहरूले कार्यन्वयन गरेको देखिंदैन । सर्वसाधारणको लागि सूचनाको हक भन्दा पनि बैदेशिक रोजगार विभाग र मेनपावरको मिलेमतोमा प्रकृया पुर्याएको जस्तो देखिन्छ । जिम्मेवार निकायका कर्मचारी पनि सर्वसाधारणको पक्षमा देखिदैनन् ।

    यसै विषयमा बैदेशिक रोजगार विभागका प्रबक्ता चन्द्र बहादुर सिवाकोटीलाई जानकारी गराउँदा उनी भन्छन्– ‘जे भैरहेको छ, नियमसंगत भएको छ । हामीले त सबै कुरा ठिक देखिरहेका छौं, कसैले गुनासो गर्ने ठाउँ छैन ।’

    सूचनामा उल्लेख भएअनुसार लागत खर्च र सेवा सुविधालाई मेनपावरका कर्मचारीहरू पनि स्वीकार्न चाहँदैनन्, उल्टो विभिन्न कुराहरू गरेर भुल्याउन खोल्छन् । सकेसम्म मेनपावर व्यवसायीहरू रोजगारमा जानेहरूसीधै भन्दा पनि कुनै एजेण्ट मार्फत आओस् भन्ने चाहाना राख्छन् किनकी तिनीहरू रोजगारका क्रममा आउने समस्याहरू सीधै आफुले झेल्न चाहँदैनन् ।

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - ०८:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij