Logo

२०८२ चैत्र २८ गते शनिवार

२०८२ चैत्र २८ गते शनिवार

फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक केसी पक्राउ

फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक केसी पक्राउ


  • 547
    Shares

    फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक केसी पक्राउ

    काठमाडौं । ठगी मुद्दामा फरार रहेका युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक काठमाडाैंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको हाे ।

    ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले २ वैशाख २०८२ मा उनीविरुद्ध २५ हजार रुपैयाँ जरिवाना र दुई वर्ष छ महिना कैद सजाय ठहर गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।

    ब्यूरोले आजै राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट चार करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार रहेका अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ ।

    उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - ०७:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij