२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (चैत २७) बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने पार्टीका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकको कार्यसूचीमा उपसभामुखको निर्वाचन र विविध विषय तय गरिएको छ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनअघि दलको बैठक बस्न लागेको हो ।
आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाले उमेदवारी दर्ता गराएका छन् । रास्वपाले श्रम संस्कृतिका उमेदवारलाई समर्थन गर्ने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij