२०८२ चैत्र २६ गते बिहिवार
काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले 7 करोड ७८ लाख विगो माग दाबी गरेको छ ।
नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो।
चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij