२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले छलफल गर्न बोलाएका छन् ।
मंगलबार दिउँसो ३ बजे नेता थापाले पार्टी कार्यालय च्यासलमा बोलाएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिएका छन् ।
हस्ताक्षर अभियानमा संलग्न एमाले निकट नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पनि ३ बजे च्यासल बोलाइएको बताएका छन् ।
गत चुनावमा एमालेले लज्जास्पद नतिजा ल्याएपछि एमालेका युवा, विद्यार्थी र बुद्धिजीवीहरूले समयानुकूल नयाँ नेतृत्व निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij