Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

उपराष्ट्रपति यादव अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्पताल भर्ना


  • 274
    Shares

    उपराष्ट्रपति यादव अस्पताल भर्ना

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

    अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले प्रेसर बढेकाले अस्पताल भर्ना गरिएको बताएका छन् । डा. गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ ।

    मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं वरिष्ठ कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ उपचारमा संलग्न छन् ।

    यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।  

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १३:१०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij