२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउने भएको छ । यो व्यवस्था भए अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्नुपर्दैन र झन्झटबाट मुक्ति पाउनेछन् ।
साथै, लामो समयदेखि छाप्न बाँकी रहेका करिब २१ लाख पुराना लाइसेन्सहरू पनि आगामी असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij