२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।
उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन ।
सामान्यतया मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार बस्ने प्रचलन रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij