Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी


  • 295
    Shares

    ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी रहेको छ ।

    आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यो रिटमाथि भएको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो ।

    आज पनि शर्मा र पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ चरिरहेको छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।

    उनीहरू दुवै जना गत चैत १४ पक्राउ परेका थिए । ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १२:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij