२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन् ।
सोमबार बिहान मन्त्री गुरुङ दुवै कार्यालय पुगेर त्यहाँबाट प्रवाह हुने सेवा, कर्मचारीको अनुशासन, वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका हुन् ।
परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकले भोग्नुपरेको सास्तीलाई छिटो छरितो बनाउने विषयमा उनले विशेष चासो राखेको उनको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij