Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने एमालेको निर्णय

राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने एमालेको निर्णय


  • 316
    Shares

    राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । 

    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

    आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको सांसद सोमनाथ पोर्तेलले जानकारी दिएका छन् । 

    यसअघि पनि एमालेकी विमला सुवेदी उपाध्यक्ष थिइन् । उनको ६ बर्से कार्यकाल पूरा भएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १४:०६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij