Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

आज काठमाडौँका यी स्थानमा चार घण्टा विद्युत कटौती हुने

आज काठमाडौँका यी स्थानमा चार घण्टा विद्युत कटौती हुने


  • 134
    Shares

    • images
    • images
    आज काठमाडौँका यी स्थानमा चार घण्टा विद्युत कटौती हुने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती गर्ने भएको छ ।

    प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

    प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।

    सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - ०६:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij