२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताएका छन् ।
दुलालले भने, संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’।
नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाका एक नेताले बताएका छन् ।
रास्वपाका उपसभापति डोलप्रसाद ९डीपी० अर्याल सभामुख बन्ने करिब निश्चित छ । उनले उमेदवारी दर्ता गराइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij