२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । सिन्धुलीमा आज बिहान बस र हायस गाडी आपसमा ठोक्किदा नौजना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। आज बिहान बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका ५ साइटारमा बस र हायस गाडी आपसमा ठोक्किएका हो।
काठमाडौंबाट काँकडभिटातर्फ जाँदै गरेको ललितपुर महानगरपालिका १५ निवासी ३८ वर्षीय गज बहादुर मगरले चलाएको बा.४ ख ५०५२ नम्बरको हायस गाडी र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको दोलखाको बैतेश्वर गाउँपालिका-६ का २६ वर्षीय सुमन सुबेदीले चलाएको बागमती प्रदेश ०१-००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा हायस चालक मगर, काभ्रेको मन्दनदेउपुर नगरपालिका-९ बस्ने ३० वर्षीया अनिता न्यौपाने, ठेगाना नखुलेका करिब ३२ वर्षीय प्रबिन तिवारी, झापाको झिलिमिले नगरपालिका-८ निवासी ९ वर्षीय संस्कृती यादब, सोही ठाउँकी ३२ वर्षीया कल्पना राई, झापाकै मेची नगर नगरपालिका-१३ बस्ने ३८ वर्षीय अमेश खड्का, झापाकै भद्रपुर नगरपालिका-१ बस्ने २२ वर्षीय अमृत राना मगर र झापाकै कचनकबल गाउँपालिका-७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल घाइते भएका छन्।
उनीहरुमध्ये हायस चालक मगर, अनिता न्यापाने र प्रशान्त केसीलाई थप उपचारको लागि धुलिखेल ल्याइएको छ। बाँकी घाइतेको आत्मिय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij