Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का


  • 540
    Shares

    • images
    • images
    श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

    काठमाडौं । श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई उद्योग-प्रतिष्ठानको खाता रोक्का गरेको छ ।

    उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

    चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई दुई लाख २५ हजार जरिवाना र २२ हजार क्षतिपूर्ति तिराइएको हो ।

    अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले बताए । 

    कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फछ्र्योट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।  

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ११:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij