Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

आजदेखि एक लिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ

आजदेखि एक लिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ


  • 498
    Shares

    • images
    आजदेखि एक लिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि गरेको छ । जसअनुसार अब एक लिटर पेट्रोल किन्नै २ सय रुपैयाँभन्दा बढी तिर्नु पर्ने भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

    योसँगै काठमाडौंमा अब पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ भने भिने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ ।

    मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ ।
    निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ ।
    पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ०६:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij