Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आङ्देम्बेले प्रश्न : जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने हो ?

आङ्देम्बेले प्रश्न : जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने हो ?


  • 778
    Shares

    आङ्देम्बेले प्रश्न : जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने हो ?
    images

    काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका तर्फबाट बोल्दै सांसद भीष्मराज आङ्देम्बेले बोलेका छन् । सो क्रममा आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका छन् । 

    बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको नियतमाथि नै प्रश्न गर्दै यस्तो प्रश्ज सोधेका हुन् ।

    आङदेम्बेले भने, ‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने ?,’ ।

    कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को देख्ने २३ को नदेख्ने रु यो कस्तो तरिका हो ? आङ्देम्बेले प्रश्न गरेका छन्। नियतवश नै यस्तो गरिएको आरोप लगाउँदै उनले जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने हो कि गोर्खापत्र पढेर थाहा पाउने हो भन्दै नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराए।

    भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उनले प्रश्न उठाएका छन् ।

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १६:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij