Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

कुवेतमा मृत्यु भएका ९ नेपालीको शव नेपाल ल्याइयो, आजै परिवारको जिम्मा लगाउने

कुवेतमा मृत्यु भएका ९ नेपालीको शव नेपाल ल्याइयो, आजै परिवारको जिम्मा लगाउने


  • 190
    Shares

    • images
    कुवेतमा मृत्यु भएका ९ नेपालीको शव नेपाल ल्याइयो, आजै परिवारको जिम्मा लगाउने

    काठमाडौँ । कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस्तै त्यहाँबाट भएका (डिपोर्ट) नेपालीसमेत स्वदेश फर्किएका छन् । 

    उनीहरुलाई लिएर कुवेत एयरवेजको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो । कुवेतको हवाइ क्षेत्र र काठमाडौँ–कुवेत नियमित उडान बन्द रहेको विशेष परिस्थितिमा कुवेतस्थित नेपाली राजदूतावासको समन्वय र कुवेत एयरवेजको सहयोगमा सो विशेष उडान गरिएको हो ।

    जहाजमार्फत ल्याइएका ९ नेपालीको शवलाई आजै सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी गरिएको दूतावासले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - २०:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij