२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल आवाल मिन्टुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार भएको भेटमा नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न आयामहरूबारे विचार आदान प्रदान भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा दुई देशबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
विशेषगरी वन संरक्षण, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उपायहरूबारे दुवै पक्षबिच छलफल भएको दूतावासले जनाएको छ । भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij