२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । दिउँसै मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक लक्षित ट्राफिकले चेकिङ अघि बढाएको छ । यसअघिसम्म राति करिब ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले भने दिउँसो पनि मापसे चेकिङ गर्न सुरु गरेको हो ।
गुनासो आउन थालेपछि दिउँसो पनि मापसे चेकिङ सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताएका छन् ।
आजको चेकिङमा मात्रै १६ चालक कारबाहीमा परेका छन् । यसरी मापसे गर्नेहरूलाई ट्राफिक प्रहरीले गाडीसहित रामशाहपथमा ल्याएको छ ।
यसअघि भने चिट काटेर छाड्ने गरेको ट्राफिकले अहिले भने चालकलाई नै नियन्त्रणमा लिएर प्रहरीकोमा पठाउन लागेको छ । स्कुल बस चालक, सार्वजनिक बस, माइक्रो चालक कारबाहीमा परेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij