Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ

बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ


  • 442
    Shares

    • images
    बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ

    काठमाडौं । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पोखराबाट वालिङतर्फ जाँदै गरेको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    पक्राउ पर्नेमा जिप चालक ४९ वर्षीय अनबहादुर गुरुङ रहेकोजिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् । 

    घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सात दिनको म्याद थप अनुमति लिएर चालकमाथि बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको नायव उपरीक्षक चौधरीले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १०:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij