Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ओली–लेखक पक्राउ गर्ने–नगर्ने विषयको छिनोफानो अदालतले गर्ने होः पूर्वएआईजी गुरुङ

ओली–लेखक पक्राउ गर्ने–नगर्ने विषयको छिनोफानो अदालतले गर्ने होः पूर्वएआईजी गुरुङ


  • 904
    Shares

    ओली–लेखक पक्राउ गर्ने–नगर्ने विषयको छिनोफानो अदालतले गर्ने होः पूर्वएआईजी गुरुङ
    images

    काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बुद्धिराज गुरुङले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयको छिनोफानो अदालतले गर्ने टिप्पणी गरेका छन् । 

    सरकारले ओली र लेखकलाई विभिन्न दबाबमा परेर तत्काल पक्राउ गरेको भएपनि त्यसो गर्नु ठिक हो वा होइन ? भन्नेकुराको निरुपण भने अदालतले मात्रै गर्न सक्ने उनको भनाई थियो ।

    सोमवार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वएआईजी गुरुङले प्रशासनिक हिसावबाट कहिले काँही कुनै व्यक्तिलाई केही समयका लागि न्यायिक हिरासतमा नै राखेर अनुसन्धान गर्र्नुपर्ने भएपनि त्यसलाई निर्णय लिने निकाय भनेको सरकार नभई न्यायिक निकायबाट हुने स्पष्ट पारेका छन्।

    पूर्वएआईजी गुरुङले सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने अधिकार आदेशले नभई कानूनले दिने तथ्य भुल्न नहुने पनि बताएका छन् । सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने अवस्था र अधिकार कानूनमा स्पष्ट उल्लेख गरिएकाले त्यसमा माथिबाट आउने आदेशको कुनै अर्थ नहुने उनको तर्क थियो । 

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १४:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij