Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ


  • 281
    Shares

    • images
    पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

    काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

    सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै शनिबार बिहान ५:४० बजे पक्राउ गरेको हो।

    उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो। गत भदौ २३ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए। यस दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए।

    जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - ०७:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij