Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

अरनिको राजमार्गमा लागुपदार्थ सेवन गरी गाडी चलाउने ५ चालक पक्राउ

अरनिको राजमार्गमा लागुपदार्थ सेवन गरी गाडी चलाउने ५ चालक पक्राउ


  • 281
    Shares

    • images
    अरनिको राजमार्गमा लागुपदार्थ सेवन गरी गाडी चलाउने ५ चालक पक्राउ

    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    बिहीबार बनेपा नगरपालिका वडा नं. ८ जनागलमा गरिएको विशेष जाँचका क्रममा यात्रुवाहक बस र पानी ट्याङ्करका चालकहरू लागुपदार्थ सेवन गरेको अवस्थामा भेटिएका हुन्।

    प्रहरीले शंकास्पद ३९ वटा सवारी साधनका चालकहरूलाई रोकेर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

    पक्राउ पर्नेहरूमा महानगर बसका चालक २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्। 

    पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १०:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij