Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त


  • 477
    Shares

    • images
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

    शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ । 

    शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

    12-13_प्रधानमन्त्री-नियुक्त_विज्ञप्ति_img_0001_NpfKMcgu9V.jpg

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १०:२४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij