२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । बिहीबार सिंहदरबारमा शपथ लिन पुगेका नवनिर्वाचित सांसदहरूको दृश्य रोचक र नौलो देखियो । शपथ लिन पुगेका अधिकांश पुरुष सांसदहरू दौरा सुरुवालमा सजिएका देखिन्थे भने केही आफ्नै जातीय पहिचान झल्किने पोशाक लगाएर पुगेका थिए।
त्यसैमध्येका एक रास्वपा सांसद रहबर अन्सारी अरू भन्दा भिन्न पोशाकमा सिंहदरबार पुगेका थिए । उनी स्कुल ड्रेस(विद्यालय पोशाक)मा शपथ ग्रहण समारोहमा झोला बोकेर पुगेका थिए । अनि हातमा थियो-नेपालको संविधान।
बुबासँगै सिंहदरबार पुगेका अन्सारीलाई विद्यालय पोशाक लगाएकोबारे सञ्चारकर्मीले प्रश्नको । जवाफमा दिदै अन्सारीले भने, ‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई सङ्घीय संसद् भवनमा ल्याउनुभएको छ ।’
अन्सारीले सम्पूर्ण अभिभावकका लागि आफूले सम्मान गर्ने मौका पाएको भन्दै सफलता र समृद्धि विद्यालयबाट सुरु हुने बताएका छन् ।
अन्सारीले भने, ‘आज यो खुसीको माहोलमा सबैभन्दा ठुलो अंशियार बुवा र शिक्षकहरू हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो’।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij