Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे


  • 2.0K
    Shares

    प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

    काठमाडौं । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

    शपथ ग्रहण मध्याह्न १२:३४ बजेका लागि तय भएको रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने भएको छ। त्यस्तै, १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचन गरिने तय गरिएको बुर्लाकोटीले जानकारी दिए। 

    यससँगै शपथ ग्रहण समारोहमा बौद्ध भिक्षुलाई पनि निम्त्याइएको छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तय गरिएको उनले बताए। 

    प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तय गरिएको उनले बताए।   

     

    images
    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १५:४६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij