२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक सेवा तथा अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द गरेको छ ।
कम्पनीले मे महिनाका १२ प्रतिशत उडानहरू प्रभावित भएको बताएको छ, जसमा यसको मुख्य हब अकल्यान्ड र क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी तथा ब्रिसबेनबीचका उडानहरू पर्छन्।
बीबीसीका अनुसार, एयरलाइनले धेरैजसो यात्रुहरूलाई विकल्पको रूपमा सोही दिनको अर्को उडानको प्रस्ताव गरिएको बताएको छ।
यसैबीच सोमबार, भियतनाम एयरलाइन्सले पनि इन्धनको मूल्य र उपलब्धताको चिन्ताका कारण हप्तामा झण्डै दुई दर्जन आन्तरिक उडानहरू रद्द गरेको छ। म्यानमारका एयरलाइन्सहरूले पनि आफ्नो आन्तरिक उडान तालिकामा कटौती गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij