Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा

पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा


  • 722
    Shares

    • images
    पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा

    काठमाडौं । लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औं महाधिवेशन गर्ने मिति तय गरेको छ ।

    नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको खुलासा गरेका हुन् । शेर्पाकाअनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन । यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उनको भनाइ छ । 

    सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताए । उनले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना सुनाए। 

    यसका लागि विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पारे । अब विद्यार्थीले आफ्नो नेता र नीति आफैं छान्ने बाटो खुलेको उनको दाबी छ । 

    उनले भने, अब विद्यार्थीहरुले आफ्नो नेता आफ्नो नीति आफैं बनाउनेछन् भनेर अब हामी पनि लामो समय भयो लगभग–लगभग चार वर्ष भयो । र यो बीचमा मैले पाँच पटक पार्टीको लिडरसिपलाई मैले रिजाइन पनि मैले दिएको थिएँ । अब यो कुराहरु मैले सामाजिक सञ्जालमा मिडियाहरुमा धेरै मैले भनेको छैन आजको दिनसम्म । तर मैले पहिलो स्ववियु चुनाव सकेपछि जुन मेरा कार्यकालमा तपाईंको १२ वर्षपछि स्ववियु निर्वाचन भयो, त्यसपश्चात पार्टीको लिडरशिपलाई रिजाइनको मैले निवेदन गरेको थिएँ । 

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १४:०७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij