Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

आफ्नो भूमिमा अमेरिकी लडाकु विमान अवतरण गर्न नदिएपछि श्रीलंकाका राष्ट्रपति चर्चामा

आफ्नो भूमिमा अमेरिकी लडाकु विमान अवतरण गर्न नदिएपछि श्रीलंकाका राष्ट्रपति चर्चामा


  • 596
    Shares

    आफ्नो भूमिमा अमेरिकी लडाकु विमान अवतरण गर्न नदिएपछि श्रीलंकाका राष्ट्रपति चर्चामा

    काठमाडौँ । श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेको राजनीतिक पृष्ठभूमिलाई लिएर टिप्पणी गरिएका छन् ।

    अमेरिकी विज्ञ तथा कतिपय सञ्चारमाध्यमले श्रीलंकाको कम्युनिस्ट सरकारले अमेरिकी लडाकु विमान अतवरण गर्न नदिइएको भने विषयान्तर गरेको भन्दै श्रीलंकामा आक्रोश समेत व्यक्त भएको छ । राष्ट्रपति अनुरा कुमारा कम्युनिस्ट पार्टीका नेता हुन् तर श्रीलंकामा कम्युनिस्ट सत्ता नभएर लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकार रहेको त्यहाँका मिडियाले जवाफ फर्काएका छन् ।

    द हिन्दूको रिपोर्टअनुसार, श्रीलंकाकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले अमेरिकाले दुई वटा युद्धविमानलाई मात्तला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन चाहेको बताएका थिए । ती विमान जिबुटीस्थित सैन्य आधारबाट पठाउने योजना रहेको र प्रत्येकमा आठ वटा एन्टी–शिप मिसाइल जडित रहेको उल्लेख गरिएको जानकारी राष्ट्रपतिले संसदलाई जानकारी गराएका छन् ।

    राष्ट्रपति दिसानायकेले भने, ‘उनीहरूले दुई वटा युद्धविमान ल्याउन चाहेका थिए, तर हामीले स्पष्ट रूपमा हुँदैन भन्यौँ । किनकी श्रीलंकाले आफ्नो भूमिलाई कुनै पनि सैन्य तनाव बढाउने गतिविधिमा प्रयोग हुन नदिने नीति लिएको छ ।’

    अमेरिका र इरानबीच बढ्दो तनावका कारण क्षेत्रीय सैन्य गतिविधि तीव्र भइरहेका बेला श्रीलंकाको यो निर्णयलाई देशभित्र भने कूटनीतिक सन्तुलनको प्रयासका रूपमा हेरिएको छ।

    images
    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - १३:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij