Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

बलान बिहुल गाउँपालिका अध्यक्षको छड्के : २५ कर्मचारीको हाजिरीमा रातो

बलान बिहुल गाउँपालिका अध्यक्षको छड्के : २५ कर्मचारीको हाजिरीमा रातो


  • 288
    Shares

    • images
    बलान बिहुल  गाउँपालिका अध्यक्षको छड्के : २५ कर्मचारीको हाजिरीमा रातो

    सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बिहीबार कार्यालय समयमा छड्के अनुगमन गर्दा २५ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन् ।

    बिहान साढे १० बजे कार्यालय पुगेर छड्के अनुगमन गर्दा त्यो बेलासम्म २५ जना कर्मचारी कार्यालयमा उपस्थित नै नभएको भेटिएको हो ।

    अध्यक्ष यादवका अनुसार अनुगमनका क्रममा ६० जना कर्मचारीमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलसहित २५ जना कर्मचारी त्यो बेलासम्म गैरहाजिर रहेको पाइएको थियो । अनुपस्थित कर्मचारीहरूको हाजिरीमा रातो कलम लगाएको उनले बताए ।

    सेवाग्राहीबाट कार्यालय समयमा कर्मचारी उपस्थित नहुने समस्या रहेको गुनासो आउन थालेपछि छड्के गरिएको अध्यक्ष यादवले बताए ।

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij