Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

पूर्वी नेपालमा मौसम प्रतिकुल रहने चेतावनी, सुरक्षित रहन प्राधिकरणको आग्रह

पूर्वी नेपालमा मौसम प्रतिकुल रहने चेतावनी, सुरक्षित रहन प्राधिकरणको आग्रह


  • 1.2K
    Shares

    पूर्वी नेपालमा मौसम प्रतिकुल रहने चेतावनी, सुरक्षित रहन प्राधिकरणको आग्रह

    काठमाडौं । पूर्वी नेपालमा हावाहुरी चल्ने  जल तथा मौसम विज्ञान विभागको सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार प्राधिकरणले सूचना जारी गर्दै प्रि मनसुनको अवधि पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    प्राधिकरणका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। 

    साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको छ ।

    उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गरेको हो । 

    प्रि मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने उपसचिव रामबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

    हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि चेतावनी दिएको छ । 

    जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ। 

    655183442_2220388685396946_7251717027574258094_n_FRaebHOBOl.jpg

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १६:३६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij