Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कैलालीमा एक युवकले श्रीमतीको हत्यापछि आफैंमाथि चलाए गोली

कैलालीमा एक युवकले श्रीमतीको हत्यापछि आफैंमाथि चलाए गोली


  • 1.0K
    Shares

    कैलालीमा एक युवकले श्रीमतीको हत्यापछि आफैंमाथि चलाए गोली
    images

    धनगढी । कैलालीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि उनले आफूमाथि पनि गोली चलाएका छन्  ।

    जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका– ४ अमलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् । 

    ‘घरबाट झन्डै तीन घन्टाको पैदल दूरीमा रहेको जंगलमा बाख्रा चराउने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको रहेछ,’ डीएसपी तिमिल्सिनाले भने, ‘सोही क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकबाट गोली हानी श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’

    श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफूमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ०८:०२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij