Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

बालेन शाह रास्वपाको अभिमुखीकरणमा आज पनि सहभागी नहुने

बालेन शाह रास्वपाको अभिमुखीकरणमा आज पनि सहभागी नहुने


  • 428
    Shares

    • images
    बालेन शाह रास्वपाको अभिमुखीकरणमा आज पनि  सहभागी नहुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पनि सहभागी नहुने भएका छन् । 

    काठमाडौंको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज  सकिँदैछ । अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने एकै छिन सहभागी हुने भएपनि वरिष्ठ नेता बालेन शाह सहभागी नहुने भएका हुन् ।

    रास्वपा प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता शाह सहभागी नहुने जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १२:२८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij