Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

धनकुटामा हावाहुरीले सरकारी र निजी संरचनामा क्षति, ३६ घण्टादेखि विद्युत अवरुद्ध

धनकुटामा हावाहुरीले सरकारी र निजी संरचनामा क्षति, ३६ घण्टादेखि विद्युत अवरुद्ध


  • 610
    Shares

    • images
    धनकुटामा हावाहुरीले सरकारी र निजी संरचनामा क्षति, ३६ घण्टादेखि विद्युत अवरुद्ध

    काठमाडौं । धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौंको नोक्सानी भएको छ । सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा नोक्सानी भएको हो ।

    धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार सरकारी कार्यालयहरु आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतो जानकारी दिएका छन् ।

    हावाहुरीपछि अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा मात्रै सुरु भएको छ । तर, सदरमुकाम क्षेत्र भने विद्युत सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाटलगायतका क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनमा आइसकेको छ ।

    हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजारमा विद्युत सेवा अवरुद्ध भएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ११:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij