Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक जना पक्राउ

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक जना पक्राउ


  • 1.4K
    Shares

    सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक जना पक्राउ

    सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरस्थित फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    समाजिक सञ्जाल टिकटकमा भएको गालीगलौजको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले चक्रघट्टा -९ का राजकुमार यादवलाई पार्कमा दाउरोको चिरपटले कुटपिट गरेका थिए । कुटपिट गर्ने क्रममा उनलाई नाङ्गै बनाएर अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    घटनापछि पीडित यादवले रोहितकुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट गरी अंगभंग गर्ने सम्बन्धी मुद्दामा फागुन २९ गते जाहेरी दिएका थिए ।

    जाहेरीका आधारमा प्रहरीले प्रतिवादीमध्ये रोहितकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

    पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    653900794_2688190734873157_4934977937238513638_n.jpg

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - ०८:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij