Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

कांग्रेसले बनायो पूर्वराष्ट्रपतिका छोरा र भतिजीलाई समानुपातिक सांसद

कांग्रेसले बनायो पूर्वराष्ट्रपतिका छोरा र भतिजीलाई समानुपातिक सांसद


  • 813
    Shares

    • images
    कांग्रेसले बनायो पूर्वराष्ट्रपतिका छोरा र भतिजीलाई समानुपातिक सांसद

    जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा र भतिजी समानुपातिक सांसद बनेका छन् ।

    उनीहरू नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका हुन् । कांग्रेसको समानुपातिकतर्फ मधेशी क्लस्टरमा पुरुषबाट छोरा चन्द्रमोहन यादव र मधेशी महिला कलस्टरबाट भतिजी रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।

    रेखा रामवरणका दाई स्वर्गीय रामलगन यादवका छोरी हुन् । उनको घर महोत्तरीको गौशाला नगरपालिका भरतपुर हो ।

    मधेशी क्लस्टरमा चन्द्रमोहन र रेखासँगै धनुषाकी निनु कर्ण पनि सांसद बनेकी छिन् । उनी कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिको भान्जी हुन् ।

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - ०६:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij