Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन


  • 631
    Shares

    • images
    मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौं । मिटरब्याज पीडिकहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरुले सोमवार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडिकहरुलाई तत्काल कडा कारबाही गर्नसरकारसँग माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन ।

    शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरुलाई हाल सो परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौ रुपैयाँ ठगी गर्ने उनीहरुलाई कडा कारबाही गर्न आफूहरु सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताए । उनले पीडकहरुले आफूहरुमाथि ठूलो अन्याय गरेकाले उनीहरुलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने माग गरे । 

    त्यसैगरी उनीहरुले पीडकहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् । आफूहरुमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताए। 

    उनले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरे । 

    केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरुले आफूहरुको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।   
     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १३:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij