२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले दिएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
साहले दिएको रिटमाथि आज न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
साहको रिटमा यसअघि सर्वोच्च अदालततले उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेश दिएको थियो । ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij