Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

ओमानमा इरानी आक्रमणमा परी एक नेपाली घाइते

ओमानमा इरानी आक्रमणमा परी एक नेपाली घाइते


  • 442
    Shares

    ओमानमा इरानी आक्रमणमा परी एक नेपाली घाइते

    काठमाडौं । इरानले शुक्रबार ओमानमा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली घाइते भएका छन् । 

    “शुक्रबार भएको आक्रमणमा नुवाकोटको ककनी निवासी एक नेपाली सामान्य घाइते भएका छन् । उनी अहिले अस्पतालमा उपचारत छन् । भोलि उनलाई डिस्चार्ज गर्ने जानकारी हामीलाई प्राप्त भएको छ,” ओमानस्थित नेपाली दूतावास स्रोतले भन्यो । 

    उनी आफ्नो कोठामा बसिरहेको बेला इरानी ड्रोन विस्फोट हुँदा छर्रा लागि घाइते भएका थिए । त्यसपछि उनलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो । 

    अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, ओमानको सोहर प्रान्तमा शुक्रबार इरानले प्रहार गरेको ड्रोन खस्दा दुई विदेशी कामदारको मृत्यु भएको थियो । ड्रोन अल–अवाही औद्योगिक क्षेत्रमा खसेको थियो । सोही घटनामा परी एक नेपाली सामान्य घाइते भएका हुन् । 

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १८:५७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij