Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

अस्पतालमा ओलीका पिताप्रति श्रद्धाञ्जली

अस्पतालमा ओलीका पिताप्रति श्रद्धाञ्जली


  • 701
    Shares

    अस्पतालमा ओलीका पिताप्रति श्रद्धाञ्जली

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ।

    अब उनको शव श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा लगिने ओलीको सचिवालयले जनाएको छ। अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए। 

    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लगिएको छ। श्रद्धाञ्जलीपछि आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय ओलीका दुई छोरा  र तीन छोरी छन्।

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १०:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij