Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान

अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान


  • 645
    Shares

    अमेरिकाले भारत-चीनसहित १६ देशमा थाल्यो नयाँ व्यापारिक अनुसन्धान

    काठमाडौं । अमेरिकाले भारत र चीनसहित आफ्ना केही प्रमुख व्यापारिक साझेदार देशविरुद्ध नयाँ व्यापार अनुसन्धान सुरु गरेको जनाएको छ ।

    गत महिना सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न देशमाथि लगाएका केही ट्यारिफ (आयात कर)लाई खारेज गरिदिएको थियो । त्यसपछि अमेरिकाले नयाँ कदमका रूपमा यो अनुसन्धान अघि बढाएको हो ।

    बुधबार अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले ‘सेक्सन ३०१’ अन्तर्गत युरोपेली युनियन, चीन, भारत, जापान, दक्षिण कोरिया र मेक्सिको जस्ता देशका विरुद्ध ‘अनफेयर ट्रेड प्राक्टिस’ (अनुचित व्यापारिक अभ्यास) को अनुसन्धान गरिने जानकारी दिएका हुन् ।

    यो अनुसन्धानमा कुनै देश दोषी ठहरिएमा त्यस देशबाट आयात हुने वस्तुमा अमेरिकाले आयात कर अर्थात् ट्यारिफ लगाउने अधिकार पाउने उनको भनाइ छ ।

    क्यानडा र नेपाल छैनन् अनुसन्धानको सूचीमा

    ग्रियरका अनुसार यो अनुसन्धान जुलाईअघि नै पूरा गर्ने लक्ष्य राखिएको छ । ट्रम्पले ती देशमाथि लगाएका अस्थायी ट्यारिफ पनि जुलाईमै सकिने तय भएको छ ।

    अनुसन्धानको दायरामा भियतनाम, थाइल्यान्ड, मलेसिया, कम्बोडिया, सिंगापुर, इन्डोनेसिया, बंगलादेश, स्विट्जरल्यान्ड र नर्वे पनि परेका छन् । तर अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार क्यानडा भने यस अनुसन्धानमा समावेश गरिएको छैन । अनुसन्धान दायरामा परेका देशहरुको सूचीमा नेपाल पनि छैन ।

    केही साताअघि सुप्रिम कोर्ट अफ द युनाइटेड स्टेट्सले गत वर्ष अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाएका ट्यारिफलाई गैरकानुनी ठहर गरेको थियो ।

    त्यस निर्णयपछि ट्रम्पले तुरुन्तै १० प्रतिशतको नयाँ ‘ग्लोबल ट्यारिफ’ घोषणा गरेका थिए । उनले अदालतको निर्णयलाई ‘धेरै खराब’ भन्दै निर्णय दिने न्यायाधीशहरूलाई ‘मूर्ख’सम्म भनेका थिए ।

    निर्णयको भोलिपल्ट उनले यो शुल्क १५ प्रतिशत हुने बताएका थिए, तर पछि १० प्रतिशतकै दरमा लागू गरिएको थियो । त्यसपछि ट्रम्प प्रशासनका अधिकारीहरूले यो शुल्क बढाएर १५ प्रतिशतसम्म पुर्‍याउने योजना रहेको बताएका छन् ।

    अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ताको तयारी

    नयाँ अनुसन्धानले ट्रम्प प्रशासनलाई आफ्ना व्यापारिक साझेदार देशमाथि ट्यारिफ लगाउने आधार बलियो बनाउन सहयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।

    यसैबीच यही साता अन्त्यमा फ्रान्सको राजधानी पेरिसमा अमेरिकी उच्च अधिकारीहरूले चिनियाँ समकक्षीसँग भेट गर्ने तयारी गरेका छन् ।

    यो भेटवार्ता महिनाको अन्त्यतिर चीनको राजधानी बेइजिङमा राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच सम्भावित भेटको तयारीका लागि हुने बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ११:०३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij