Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी


  • 631
    Shares

    अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी

    काठमाडौं । निर्वाचन सकिएसँगै अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन्। 

    अर्थममन्त्री खनालले मंगलबार आफ्नो कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमा बुझाउन अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई जिम्मा लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले अर्थमन्त्रीका रुपमा पाएको कूटनीतिक राहदानी फिर्ता गरेको उल्लेख गरेका छन्। 

    उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पठाएको पत्रमा भनेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।’

    चुनावी सरकारमा अर्थमन्त्री भएपछि उनले कूटनीतिक राहदानी पाएका थिए। चुनाव सकिएसँगै नयाँ सरकार बन्ने भएपछि उनले कूटनीतिक राहदानी फिर्ता गरेका हुन्। 

     

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १३:०३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij