Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सांसद झाँक्रीले भनिन्– राष्ट्रिय सभा खारेज गर्ने विषयमा छलफल गर्न सकिन्छ

सांसद झाँक्रीले भनिन्– राष्ट्रिय सभा खारेज गर्ने विषयमा छलफल गर्न सकिन्छ


  • 1.5K
    Shares

    सांसद झाँक्रीले भनिन्– राष्ट्रिय सभा खारेज गर्ने विषयमा छलफल गर्न सकिन्छ
    images

    काठमाडौँ । नेकपा (एमाले)का राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताएकी छन् ।

    सोमवार राष्ट्रिय सभा सांसद पदको सपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् । सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको बताइन् । उनले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने बताइन् ।

    नवनिर्वाचित सांसद झाँक्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्न चाहेको छ नि ? भनेर प्रश्न गरिएको थियो । 

    उनले भनिन्, ‘राष्ट्र र जनताको पक्षमा हुने संविधान सम्मत हर चिजहरु संविधानक केही अपरिवर्तनीय धाराहरुबाहेक सबै परिवर्तनशील छन । सबै प्रावधानहरु परिवर्तन हुन्छ । संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ ।’

    सांसद झाँक्रीले निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि बताइन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १७:३२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij