२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ अन्र्तगत पर्ने उत्तरी गोरखाको ७ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट आज दिउँसो राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले मतपेटिका सदरमुकाम ल्याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार छेकम्पारको झोङ, छुलेनिले, लार र चुम्चेतको किम्चेत चुम्लिङ चुम्चेत र खारको मतपेटिका सदरमुकाम आइपुगेको हो । बाँकी रहेका १७ मतदान केन्द्रको मतपेटिका पनि आज नै हेलिकप्टरबाट सदरमुकाम ल्याएर मतगठना सुरु गरिने सहायक प्रजिअ शर्माले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij