२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसिसकेको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७९० मत खसेको हो।
प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ८ लाख ६८ हजार ३६९ मत खसेको छ।
यसपछि कोसी प्रदेशमा ८ लाख २७ हजार २८७ मत खसेको छ। यस्तै मधेसमा ७ लाख २० हजार ७५२ र बागमतीमा ४ लाख ७३ हजार ७७ भोट खसेको छ। बागमती प्रदेशको यो तथ्यांक भने काठमाडौँ उपत्यकाका ३ जिल्लाबाहेकको हो।
निर्वाचन आयोगका अनुसार बागमती प्रदेशकै काठमाडौँ जिल्लामा दिउँसो १ बजेसम्म २ लाख ८८ हजार ६५९, ललितपुरमा ८४ हजार ७६७ र भक्तपुरमा ४९ हजार २३० भोट खसेका छन्।
कुन प्रदेशमा कति?
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij