Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

चुनावमा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

चुनावमा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु


  • 582
    Shares

    चुनावमा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भए । रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीहरूले अस्पताल पुर्‍याए । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनको निधन भयो ।

    महतो रौतहटको माधव नारायण नगरपालिका–६ का बासिन्दा हुन् । उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए । उनको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

    कञ्चनपुरमा फागुन १८ मा राति खाना पकाउँदा निर्वाचन प्रहरी मानसिंह राना अचेत भए । पुनर्वास नगरपालिका–९ स्थित सीता बस्तीमा रहेको जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

    बैतडीमा १ महिनाको अवधिमा ३ जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द छन् ।

    दशरथचन्द नगरपालिका–३ घर भएका चन्दको निर्वाचन सुरक्षाको ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । अरू दुई जना अचेत भएर ढलेका र उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता ९डीआईजी० अबि नारायण काफ्लेले  बताए ।

    काफ्लेका अनुसार प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना प्रहरी सहायक निरीक्षक ९असई०को मृत्यु भएको छ ।

    फागुन १८ मा रामेछापको रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना।७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुँदा असई पर्शुराम यादवको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमपछि गृहजिल्ला सप्तरीको रुपनी गाउँपालिका–१ मा पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    ४० दिन सरकारी सेवा गर्न भनेर भर्ना भएका ११ जना निर्वाचन प्रहरीले निर्वाचन सुरक्षाको दौरानमा ज्यान गुमाएका छन् । रुपन्देहीमा १ जना, बारामा २ जना, महोत्तरीमा १ जना र नवलपरासीमा १ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    फागुन १८ मा मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भयो । उनी निर्वाचन प्रहरी हुन् । रौतहट घर भएका शाह इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खटिएका थिए ।

    रामेछापमा गाडी दुर्घटना हुँदा मतदान गराउन जाँदै गरेका मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भयो । उनी मन्थलीबाट मतपत्र लिएर सितलदेवी मावी सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थिए । मृतक घिमिरे मन्थली नगरपालिका–१ स्थित भैंसेश्वर बस्दै आएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - १५:३८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij