Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

माथिल्लो डोल्पाको मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी

माथिल्लो डोल्पाको मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी


  • 393
    Shares

    माथिल्लो डोल्पाको मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी

    काठमाडौं । हिमाली जिल्ला डोल्पामा माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी परेका छन् ।

    शे(फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा नं. ६ को कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी बिरामी भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी ९डिठ्ठा० गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला बीरामी परेका हुन्।

    बिरामी परेका उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । निर्वाचन प्रहरी त्रिपुरासुन्दरी ५ का ल्हा घर भएका झाक्रीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अक्सिजनसमेत दिइएको जनाइएको छ ।

    उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दूरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पुर्‍याउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बिरामी परेका उनीहरुलाई  उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर सम्बन्धित मतदान केन्द्र पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - १३:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij