Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ

पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ


  • 960
    Shares

    पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ

    काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार पक्राउ परेका छन् भने तीन जना फरार भएका छन् ।

    पक्राउ पर्नेमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका राजकिशोर महरा छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँ भन्दाबढी नगदसहित नियन्त्रणमा लिइएको हो । प्रहरी टोली पुगेपछि उनीसँगै रहेका अन्य तीन जना भने फरार छन् ।

    प्रहरीका अनुसार घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ।

    पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २० २०८२ बुधवार - १०:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij